उत्कृष्ट शौचालय डिजाइनरलाई धनगढी उपमहानगरले पुरस्कृत गर्यो

धनगढी । धनगढी उपमहानगरले सार्वजनिक शौचालयका दुई उत्कृष्ट डिजाइनरलाई पुरस्कृत गरेको छ । बिहीवार उपमहानगरपालिकाले एक कार्यक्रमकाबीच प्रथम र द्वितीय डिजाइनलाई पुरस्कार प्रदान गरेको हो ।

धनगढी उपमहानगरपालिकाले २०७९ पुस ८ गते सार्वजनिक शौचालय निर्माण गर्न प्रतियोगिता गराउने र प्रथम र द्वितीय हुने डिजाइनलाई क्रमशः १ लाख २५ र ७५ हजार पुरस्कार दिने निर्णय गरेको थियो । पुस ११ गते धनगढीमा निर्माण हुने सार्वजनिक शौचालयहरूलाई अत्याधुनिक बनाउन नमुना पेस गर्न सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (सोना) सँग डिजाइन पेस गर्न आग्रह गरेको थियो ।

Dengue

उपमहानगरलाई प्राप्त भएका २० नमुनामध्ये काठमाडौंको लिटल मोर स्टुडियोका राहुल बज्राचार्य, साजनराज महर्जन र जेनिसा खत्रीले तयार गरेको शौचालयको नमुना प्रथम भएको छ । उक्त डिजाइनअनुसारको शौचालय उपमहानगर प्राङ्गणमा निर्माण भइरहेको छ ।

यस्तै, सविन शिल्पकार, सागर सैँजु र निजल लवाजुले तयार गरेको डिजाइन दोस्रो भएको छ । यस्तै, प्रतियोगिताबाट विभिन्न १६ वटा डिजाइन छनोट गरिएको छ । उपमहानगरले नगर क्षेत्रमा स्वीकृत डिजाइनअनुसारका सार्वजनिक शौचालय निर्माण गर्ने नीति लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार