भारतबाट हुने अवैध तस्करीले कुखुरा व्यवसायी मर्कामा, व्यवसायबाटै पलायन हुन बाध्य !

धनगढी । खुला सीमा नाकाको फाइदा उठाउँदै भारतीय क्षेत्राट तस्करले अवैध रुपमा ब्रोइलर कुखुरा, चल्ला, अण्डा, माछालगायत भित्र्याउन थालेपछि स्थानीय व्यवसायी मर्कामा परेका छन । भारतबाट अवैध रुपमा कुखुराजन्य वस्तुको आयात बढेपछि नेपाली किसान समस्यामा परेका हुन् ।

भारतबाट अवैध रुपमा तस्करी गरी कुखुरा, चल्ला, अण्डा, माछा भित्रिने क्रम नरोकिँदा स्वदेशी उत्पादनको बजार खुम्चिएको छ । जसका कारण व्यवसायीहरु कुखुरा तथा माछा पालन व्यवसायबाटै पलायन हुन बाध्य भएका छन् । खासगरी कैलालीको कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिका, कञ्चनपुरको शुक्लाफाँटा, कृष्णपुर, लालझाडीका किसानहरु मर्कामा पर्ने गरेका छन् ।

Dengue

व्यावसायिक फर्मलाई विविधवत् रुपमा दर्ता गरी बैंक सहकारी संस्थाबाट ऋण निकालेर व्यवसाय गर्न थालेको भए पनि कुखुराजन्य बस्तुको बजार नपाउँदा व्यवसायनै धरापमा पर्न थालेको स्थानीयहरुको गुनासो रहेको छ । सोही कारण भारतसँग खुला नाका जोडिएका कैलाली, कञ्चनपुरका विभिन्न स्थानका किसानहरु व्यवसायबाटै पलायन भएका छन् ।

खुला नाकाको प्रयोग गरी अवैध रुपमा हुने कुखुरा, माछा तथा अण्डाको तस्करी रोक्न विभिन्न समयमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको भए पनि प्रभावकारी भने हुन सकेको छैन । यसतर्फ प्रशासन तथा स्थानीय निकायले गम्भीर रुपमा सोच्न आवश्यक छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार