कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव घटेको छ ।
बुधबार बिहानको मापनमा नदीमा पानिको बहाव घटेको देखिएको छ ।
मंगलबार १ लाख ५७ हजार क्युसेक देखिएको पानिको बहाव बुधबार बिहान भने घटेर १ लाख ३ हजार क्युसेक मात्रै रहेको ईलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।
नदीमा पानिको बहाव घटेसँगै शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारी साधनको आवागमन पुनः सञ्चालन भएको छ । चारपांग्रे सवारी साधनलाई मंगलबार बिहानैदेखि बन्द गरिएकोमा बुधबारदेखि सुचारु गरिएको हो ।
नदीमा पानिको बहाव घट्ने क्रममा रहेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्