साउने संक्रान्ति : धार्मिकस्थलमा बिहानैदेखि भक्तजनको घुइँचो

धनगढी: आज साउने संक्रान्ति मनाइँदैछ । साउने संक्रान्तिसँगै नेपालीको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्त्व रहेको छ । यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ । गाउँघरमा साँझपख यो दिन लुतो फ्याँक्ने गरिन्छ । अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ । यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइने विश्वास छ ।

कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरी कुटेर रस हातगोडाका नङमा लगाउने चलन पनि छ । किराँत समुदायमा एकाबिहानै वन जंगलतिर गई फलफूल खोजेर ल्याई घरको मूल ढोकामा झुन्ड्याउने चलन छ । साँझपख थाल नाङ्लो र ढोल बजाइ भूतप्रेत भगाइन्छ। यस्तै सुदूर पश्चिमतिर पनि अगुल्टो फ्याँक्दै खराब तत्त्वलाई भगाउने चलन छ ।

Dengue

साउने संक्रान्तिका अवसरमा छोरीचेलीलाई बोलाएर खुवाउने सबैजसो समुदायमा चलन छ । औँसी तिथि र सोमबार एकैदिन परेको दिन सनातन धर्मावलम्बीले सोमबारे औँसी मनाउँछन् । यस्तो संयोग परेको दिनलाई ‘मौनी औँसी’ पनि भनिन्छ ।

साउनको पहिलो सोमबार धनगढीको शिवपुरी धाम सहित देशका धेरै धार्मिकस्थलमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । साउनको सोमबार भगवान शिवको पूजा अर्चना गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार