प्रतिपक्षको बेन्चमा एक्ली विष्टलाई बसाएर रातारात सुदूरपश्चिम प्रदेशको बजेट पारित

धनगढी । सुदूरपश्चिम प्रदेशको बजेट पारित भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागी व्यवस्था गर्न सभामा प्रस्तुत गरेको बजेट शनिबार राती पारित भएको हो ।

प्रदेश सरकारले प्रमुख प्रतिपक्षि दल नेकपा एमाले र स्वतन्त्र सांसदको अनुपस्थितिमै बजेट पारित गरेको हो । सभामा प्रतिपक्षको बेन्चमा राप्रपाकी खेमादेवी विष्ट देखिएकी थिइन् ।

Dengue

आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सभामा प्रस्तुत गरेको बजेटमा सत्तापक्ष दल काँग्रेस, नेकपा एस र माओवादी गरी ३९ सांसद पक्षमा देखिएको थिए भने विपक्षमा प्रतिपक्ष दल राप्रपाकी विष्ट मात्रै देखिएकी थिइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार