मुख्यमन्त्री शाहद्वारा सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को उद्घाटन

धनगढी । धनगढीमा सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर सञ्चालनमा आएको छ ।

शनिबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहद्वारा एक कार्यक्रमकाबीच सौभाग्य हस्पिटलको उद्घाटन गरिएको छ । सौभाग्य अस्पतालले १५ दिनसम्म विषेशज्ञ डाक्टरद्वारा निःशुल्क परामर्श तथा उपचार सेवा दिए झैँ निजी क्षेत्रका अन्य अस्पतालहरूले पनि यस्ता किसिमका सेवाहरू दिन आवश्यक रहेको मुख्यमन्त्री शाहले बताए । उनले अस्पतालले राम्रो सुविधा दिँदै नमूना बन्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

Dengue

२५ शैय्याको सौभाग्य हस्पिटल सस्तो र सर्वसुलभ शुल्कमा मुस्कानसहितको स्वास्थ्य सेवा दिने उदेश्यका साथ धनगढी उपमहानगरपालिका २ मा सञ्चालनमा ल्याइएको हो ।

निजी अस्पतालहरूको भिडमा फरक पहिचान र छुट्टै स्वास्थ्य सेवा प्रदान गर्नका लागि धनगढीमा सौभाग्य हस्पिटल सञ्चालनमा ल्याइएको अस्पतालका अध्यक्ष दिनेशराज जोशीले बताए ।

झन्डै १६ करोडको लगानीमा सञ्चालनमा आएको हस्पिटलमा बाल रोग, स्त्रीरोग, हाड जोर्नी तथा छाला, मुटु कलेजो सम्बन्धी रोग, मानसिक रोग, दन्त रोगलगायत सबै स्वास्थ्य सेवाहरूको विशेषज्ञ स्वास्थ्य उपचार अस्पताले दिइरहेको अस्पतालका अध्यक्ष जोशीले बताए । उक्त अस्पतालमा आईसीयु, एनआईसीयु सेवासहित वातानुकूलित कक्षहरूमा बिरामीले उपचार पाउने बताए । अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्नका लागि सबै विशेषज्ञ सेवासहितको सौभाग्य हस्पिटलले सेवा प्रवाह गर्ने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार