‘म निर्वाचित भएकै विकास गर्न हो, ५ वर्षमा सडक चिल्ला हुन्छन्, विधुतको समस्या अर्कै वर्ष सल्टिन्छ…'(भिडियो)

भक्तराज जोशी

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले धनगढीको विकासका आफु निर्वाचित भएको बताएका छन् । कल२४ टक शोमा कुरा गर्दै मेयर हमालले स्थानीय तहको जनप्रतिनिधि भएदेखि नै आफु विकासका काममा लागि परेको बताएका छन् ।

स्वतन्त्र भएकै कारण धनगढीबासीको आफूप्रति अपेक्षा ठुलो भएको मेयर हमालको भनाइ छ । ‘मैले जितेदेखी नै मेरो संकल्प भनेको जनताको सेवा गर्नु हो, जसका लागि अहिले वडा-वडामा विशेषज्ञ चिकित्सक सेवा संचालन भईराखेको छ’, उनले भने, ‘आउदो पाँच वर्षमा धनगढीको मुहार फेरिन्छा ।’

त्यस्तै मेयर हमालले गर्मीयाममा देखिने विधुत कटौतिको समस्या अर्कै वर्ष समाधान हुने बताएका छन् । यस्तै निर्वाचित भएको पहिलो वर्ष सडक ग्राबेल गर्ने र विस्तार गर्ने कामलाई प्राथामिकता दिएको बताउंदै उनले चरणबद्द रुपमा थप बिकासका कामलाई अघि बढाउने बताएका छन् । – (मेयर हमालसंग गरिएको संवादको पुर्ण अंश)

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार