डोटीमा चट्याङ लाग्दा एक जनाको मृत्यु

डोटी। डोटीमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ।

बिहीबार डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ५ दुदीला गाउँमा चट्याङ लाग्दा स्थानीय ६६ बर्षिय हर्क बहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी खड्यौलीका अनुसार आज दिउँसो २ बजे घरमा बसिरहेको अवस्थामा बोहरालाई चट्याङ्ग लागेको थियो। चट्याङ्ग लाग्दा बोहराको घटनास्थलमै मृत्यु भएको उनका छोरा सुरेश बोहराले जानकारी दिएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार