हाँस्य टेलीश्रीखंला नसानाडीको ट्रेलर सार्वजनिक

धनगढी । हाँस्य टेलीश्रीखंला नसानाडीको ट्रेलर सार्वजनिक भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा रहेको राजघाटमा ‘नसानाडी’को छायाँकन भएको थियो ।

Dengue

उक्त टेलीश्रीखंलाले समाजमा भएका विकृति, बेसंगती, सुदूरपश्चिमको भेषभुषा, भाषा संस्कृतीलाई जोगेर्ना गर्ने, याहाँको रहनसन लगाएतका कुराहरुलाई ब्याङ्गयात्मक तरिकाले पर्दामा उतार्ने गरी काम गर्ने निर्माण पक्षले जानकारी दिएका छन् ।

टेलीश्रीखंलाकोे कथा/पटकथा/ सम्बाद/लेखन र निर्देशन बिजय राज जोशी र दीर्घ शाहीले गरेका हुन् । भिडियो छायाँकन तथा सम्पादन दिपेन्द्र वली, बिष्नु भण्डारी गरेका हुन । उक्त टेलीश्रीखंला देउराली क्रेसनबाट प्रसारण जनाईएको छ । श्रावण १ गते सोमवार राति ८ बजेदेखि प्रत्येक सोमवार सोही समयमा प्रशारण हुने संस्थाले बताएको छ।

उक्त टेलीश्रीखंलामा दीर्घबहादुर शाही, विजयराज जोशी, नरेश प्रसाद जोशी, जमुना साउँद, मोहन पनेरु, मेघा भट्ट, सृजना भट्ट, असोक धामी र एलडी भट्ट लगाएत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

सोको ओपनिङ गितमा स्वर संगीतरसंगीत संयोजन बसन्त साधकले गरेको हुन भने फिमेल आवा निसा दहितले दिएकी छन् ।

उक्त टेलीश्रीखंला डि एण्ड बि ईन्टरटेटमेन्ट प्रालीको प्रस्तुती रहेको र देउराली क्रियसनको युटुब च्यानल बाट प्रसारण हुने निर्माण टिमले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार