आहा ! स्वतन्त्र मेयर हमालको ऐतिहासिक कमाल…

धनगढी: दिनप्रतिदिन जनतामाझ लोकप्रिय बन्दै गएका धनगढीका मेयर गोपाल हमाल यतिबेला थप चर्चामा छन् । निर्वाचित भएको एक वर्षमा मेयर हमालले गरेका केहि अद्भुत कामले उनलाई थप चर्चामा ल्याएको हो ।

हुन त मेयर हमालले धनगढीको मुहार फेर्न थुप्रै काम गरेका छन् । त्यसैमाथि देशमै पहिलो पटक सेवाग्राहीका लागी एसीसहितको सुविधासम्पन्न वेटिङ्ग रुम बनाएसंगै उनले थप चर्चा बटुलेका छन् । यो प्रचण्ड गर्मीका बेला सोफा र एसीसहितको प्रतीक्षालय निर्माणपछि स्वतन्त्र मेयर हमालको हाईहाई मात्र भएको छैन धेरैले उनलाई धन्यवाद समेत दिएका छन् ।

Dengue

धनगढी उपमहानगरपालिकामा निर्माण भएको उक्त प्रतीक्षालयमा सेवाग्राहीले बसीबसी टच स्क्रिन सिस्टमबाट पालिकाको कामबारे थाहा पाउन सक्छन । यति मात्र होइन उक्त सिस्टमबाट सेवाग्राहीले कर्मचारीसंग भेट्ने समय लिन पनि सक्छन ।

योसंगै धनगढी उपमहानगरपालिकामा सामान्य कामका लागि घन्टौसम्म गर्मीमा लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । यसले धनगढीबासि खुसि मात्र भएका छैनन, बरु थप परिवर्तनको अपेक्षासमेत गर्न थालेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार