विषादी भेटिए पछि बैतडीबाट ल्याइएका गोलभेडा अत्तरियामा नष्ट

धनगढीः खान नमिल्ने विषादी भेटिए पछि बैतडीबाट विक्रीका लागि ल्याइएको गोलभेडामा अत्तरिया नष्ट गरिएको छ।

आइतबार बिहान अत्तरियामा रहेको विषादी अवशेष दु्रत विश्लेषण इकाइमा गरिएको परिक्षणमा करिब ४ क्युन्टेल गोलभेडामा विषादी भेटिएको थियो।

Galaxy

अत्तरियाको धर्मराज सप्लायर्समा बिक्रिका लागि राखिएको तरकारी पसलमा गोलभेडामा विषादी भेटिएको अवशेष दु्रत विश्लेषण इकाइ प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताए। भट्टले गोलभेडामा ५० प्रतिशत विषादी भेटिएकाले खान नमिल्ने हुनाले तत्काल नष्ट गरिएको बताए।

उक्त विषादीयुक्त गोलभेडा गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको रोहबरमा खाल्डोमा पुरिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार