अत्तरिया उद्योग बाणिज्य संघको अध्यक्षमा कल्याण सिंह बोहरा बिजयी

धनगढी: कैलालीको अत्तरिया उद्योग बाणिज्य संघको अध्यक्षमा कल्याण सिंह बोहरा बिजयी भएका छन् ।

शनिबार सम्पन निर्वाचनको मतगणना गए राती देखी अत्तरियाको प्रतिभा पुस्तकालयमा भईरहेको थियो । प्राप्त मत परिणाम अनुसार अध्यक्षमा कल्याण सिंह बोहरा निर्बाचित भएका छन । उनी आफ्ना प्रतिस्पर्धी मिना देउवालाई २४ मतले हराउदै विजयी भएका हुन् । कल्याण सिंह बोहराले ५९४ मत ल्याउँदा मिना देउवाले ५७० मत ल्याएकी छिन । यस्तै एकल उम्मेदवारी दिएका अध्यक्षकै अर्का उम्मेदवार कवि राज भट्टले ७३ मत मात्रै पाएका छन ।

Dengue

बरिष्ठ उपाध्यक्षमा देउबा प्यानलका दल बहादुर खड्का ७११ मत पाएर निर्बाचित भएका छन भने बोहरा प्यानलका बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारी यज्ञराज जोशीले ५३२ मत मात्रै पाए । यस्तै बाणिज्य उपाध्यक्ष पदमा देउबा प्यानलका फागुराम चौधरी ६५२ मत पाएर निर्बाचित भएका छन भने बोहरा प्यानलका देबराज भट्ट ५८२ मत पाएर पराजित भएका छन ।

बस्तुगत उपाध्यक्षमा बोहरा प्यानलका चेतराज पन्त ६४४ मत पाएर निर्बाचित भएका छन । उनका प्रतिस्पर्धी देउबा प्यानलका लक्ष्मण धामीले ५७५ मत मात्रै पाए । महासचिबमा देउबा प्यानलका अर्जुन बहादुर खड्का ३२ मतले पराजित भएका छन । महासचिबमा बोहरा प्यानलका शंकर बहादुर खड्काले ६२८ मत पाउँदा अर्जुनले ५९६ मत मात्रै पाए ।

कोषाध्यक्ष पदमा बोहरा प्यानलका हेमराज भण्डारीले ६२६ मत पाएर निर्बाचित भएका छन । सोही पदमा देउबा प्यानलका दिपकराज भट्टले ५९६ मत मात्रै पाए । सचिबमा बोहरा प्यानलका दिलिप कुमार साउंदले ६९५ मत पाएर निर्बाचित भएका छन । उनका प्रतिस्पर्धी देउबा प्यानलका हर्क बहादुर बिकले ४९९ मत मात्रै पाए ।

कार्यसमिती सदस्यमा बोहरा प्यानलका ३ जना र देउबा प्यानलका १ जना निर्बाचित भएका छन । बोहरा प्यानलबाट रमेश भट्टराई, बमबहादुर बोगटी, ज्ञानेन्द्र खड्का र देउबा प्यानलबाट बालकृष्ण ओझा निर्बाचित भएका छन । देउवा प्यानलबाट सदस्यहरुमा दिलबहादुर शाहुले ४९५, बालकृष्ण ओझाले ५७०, भरत बहादुर कोलीले ४७९ र नवराज तेलीले ३९१ मत ल्याएका छन भने बोहरा प्यानलबाट सदस्यहरूमा रमेश भट्टराईले ७००, ज्ञानेन्द्र खड्काले ६१६, मनोज सदाशंकरले ५०९ र बम बहादुर बोगटीले ६७९ मत ल्याएको निर्वाचन अधिकृत वीर बहादुर जेठाराले बताएका छन ।

यो सँगै पदाधिकारीमा देउबा प्यानलबाट बरिष्ठ उपाध्यक्ष र बाणिज्य उपाध्यक्ष निर्बाचित भएका छन भने बोहरा प्यानलबाट अध्यक्ष सहित बस्तुगत उपाध्यक्ष, महासचिब, कोषाध्यक्ष र सचिब निर्बाचित भएका छन । अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचनमा १ हजार ५ सय ६३ जना मतदाता रहेकोमा १ हजार ३ सय १ जनाले मतदान गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार