बैतडी: घाँस काट्ने क्रममा लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ।
शनिबार दिउँसो साढे ३ बजेतिर घाँस काट्ने क्रममा मादेव भिरबाट लडेर पाटन नगरपालिका २ ठलकुडाकी ४० वर्षीया लक्ष्मी ऐरको मृत्यु भएको हो।
बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार ऐर लडेर २५० मिटर तल खसेकी थिइन्। घटनास्थलमै उनको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्