राजनीतिमा मदन भण्डारीको योगदान उच्च छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट सिद्धान्तलाई स्वदेशी मौलिकतामा विकास गरी त्यसलाई लोकप्रिय बनाउन जननेता मदन भण्डारीको योगदान उच्च रहेको बताएका छन् । मदन भण्डारीको ७२ औँ जन्मजयन्तीका अवसरमा अध्यक्ष नेपालले आज सन्देश जारी गर्दै नेपाली राजनीतिमा जनताको बहुदलीय जनवादको प्रतिपादन र त्यसको प्रयोगबाट सामाजिक न्याय, समानता, विकास र समृद्धिका लागि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गरेका छन् ।

भण्डारीले विश्व परिवेशमा रक्षात्मक बन्दै गएको कम्युनिष्ट सिद्धान्तलाई गहिरो अध्ययन गरी समयसापेक्ष जनताको चाहनाअनुसार सुदृढीकरण गरी लोकप्रिय बनाएको भनिएको सन्देशमा उनको सरल जीवनशैली, आदर्श, निष्ठा र सङ्घर्ष सबैका लागि अनुकरणीय र प्रेरणादायी उनको भनाइ छ । तत्कालीन नेकपा ९एमाले० का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो । रासस

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार