धनगढीको विकासमा हमालको कमाल, एक वर्षमै समृद्धिको यति धेरै काम ?

धनगढी: लामो समयको प्रतिक्षापछि अन्ततः धनगढीले विकासप्रेमी जनप्रतिनिधि पाएको छ । व्यवसायिक पुष्ठभुमि भए पनि धनगढीको विकासका लागि नगरप्रमुख गोपाल हमालको भूमिका सराहनीय मात्रै छैन, प्रशंसनीय पनि छ । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका नृप वडसँग २७ सय मतान्तरले पराजित भएका हमाल २०८० को निर्वाचनमा झण्डै दोब्बर मतले विजयी भए । उनको विजयसँगै धनगढीले मेयर हमालबाट ठूलो अपेक्षा समेत गरेको छ ।

नागरिकको अपेक्षा अनुसार नै मेयर हमालले निर्वाचित भएको दिनदेखिनै विकासका क्षेत्रमा आफ्नो सक्रियता बढाएका छन् । जसमध्ये हमालको मुख्य र महत्वपूर्ण काममा रुपमा सडक विस्तारलाई हेरिएको छ । मेयर हमालले निर्वाचित भएलगत्तै वर्षौंदेखि खुम्चिएको धनगढीको मुख्य सडक विस्तारको कामलाई तिव्रता दिए । उनले कैलालीपुलदेखि क्याम्पसचोक सम्मको रोडलाई फराकिलो बनाउन कठोर कमद चाले । मेयर हमालको उक्त काममा नागरिकले पनि उत्तिकै साथ दिएका छन् ।

Dengue

त्यस्तै, हमालले आफ्नो एक वर्षको कार्यकालमा धनगढीलाई उज्यालो नगरका रुपमा पनि परिचित गराएका छन् । हमालले रातीमा पनि नागरिकलाई सुरक्षित महसुस गराउनका लागि अत्तरिया ६ लेन सडकमा स्ट्रिट लाईट जडान गरेका छन् भने उनले धनगढीका विभिन्न ठाउँहरुमा हाइमास्ट लाईट पनि जडान गरेका छन् । यतिमात्र होइन उनले अत्तरिया ६ लेन सडकको सौन्दर्यताका क्षेत्रमा पनि प्रशंशनीय काम गरेका छन् ।

मेयर हमालले आफ्नो एक वर्षको कार्यकालमा धनगढीलाई ग्रिन सिटी बनाउने उद्धेश्य अनुसार बृहत वृक्षारोपणको अभियान पनि चलाएका छन् । अझ उनले आफ्नै लगानीमा धनगढीमा निःशुल्क महाप्रस्थान यानको समेत व्यवस्था गरेका छन् । जसको चर्चा धनगढीमा मात्रै होइन, बरु देशैभरी चलेको छ ।

धनगढीको विकास र समृद्धिको सवालमा अहोरात्र खटिएका मेयर हमालका नदेखिने अन्य थुप्रै कामहरु रहेका छन् । उनले जेष्ठ नागरिकलाई सहायता प्रदान गर्ने, अपांगता भएका व्यक्तिलाई ह्विलचियर दिने, गाउँगाउँमा विशेषज्ञसहितको स्वास्थ्य परिक्षण सेवा सञ्चालन गर्ने लगायतका कामहरु पनि नियमित रुपमा सञ्चालन गर्दै आएका छन् ।

आफुले पाउने सेवासुविधासमेत विकासका क्षेत्रमा खर्च गर्ने संकल्पसहित मेयर बनेका गोपाल हमाल साच्चै धनगढीको विकासका मुख्य प्रर्वद्धक बन्नेमा धेरैको विश्वास रहेको छ । आशा गरौँ, मेयर हमालको संकल्प र समृद्ध शहरको सपना एकदिन अवश्य पुरा हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार