धनगढीको मुख्य सडक निर्माणको शिलन्यास, कहिले होला पूरा ?

धनगढी । धनगढीको मुख्य सडक निर्माणको शिलन्यास गरिएको छ । मंगलबार सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले सडक शिलन्यास गरेका हुन् ।

सडक निर्माणको शिलन्याससँगै धनगढी वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोकसम्म २ दशमलव २८ किलोमिटर सडक निर्माणको काम मंगलबारदेखि सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको ५१ करोड ६८ लाख ७८ हजारको लागतमा निर्माण हुन लागेको उक्त सडकको सम्पूर्ण काम २०८२ बैशाख २६ गतेभित्र सिध्याउनुपर्नेछ ।

Dengue

यता सडक निर्माणको जिम्मा पाएको धनगढीको केएस कन्स्ट्रक्सन प्रालिले सडक निर्माणको काम समयभित्रै सक्ने दाबी गरेको छ ।

प्रदेश सरकारको बजेटमा निर्माण सुरु भएको उक्त सडक आधुनिक सहरी सडकको मोडेलमा निर्माण हुने जनाइएको छ । चार लेनको सडकमा दुबैतर्फ फुटपाथ, साइकल लेन र बिचमा मिडियन निर्माण हुनेछ । सडक बत्ती, पानी, बिजुली र ढलको निकासका लागि सडकमा युटिलिटी कोरिडोर बन्नेछ । प्रस्तावित मोडेलअनुसार समयमै काम भए धनगढीको विकासमा यो योजना कोषेढुँगा साबित हुनेमा विश्वास गरिएको छ ।

तर, निर्माण सुरु भएर आधामै रोकिएका अन्य योजनाको स्थितिका कारण यो योजनाको सम्पन्नतामाथि नागरिकको शंका भने कायमै रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार