गेटा विश्वविद्यालय बनाउने काममा माफियाको चलखेल

धनगढी: नेकपा (एमाले) का केन्द्रीय सचिव लेखराज भट्टले मेडिकल माफियाको चलखेल र सरकारमा बसेकाहरूमा दृढ इच्छाशक्ति नहुँदा गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने कार्यमा अवरोध भएको बताउनुभएको छ ।

प्रेस चौतारी कैलालीले सोमबार अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टले एमालेकै अगुवाइमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सर्वदलीय बैठक बसेर सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरिएको स्मरण गराउनुभयो । सरकारको नीति तथा कार्यव्रmममा समावेश विश्वविद्यालय बनाउने निर्णय बजेटमा भने नराखिएकोप्रति उहाँले गुनासो गर्नुभयो ।

Dengue

“हामीले सर्वदलीय बैठक बसेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरी मन्त्रीपरिषद्को निर्णयबाट विश्वविद्यालय निर्माण भर्ने भन्यौँ,” उहाँले भन्नुभयो, “प्रधानमन्त्री प्रचण्ड जनताकाबिचमा पनि त्यो कुरा भनेर जानुभयो, अन्तिममा प्रतिष्ठानका रूपमा राखियो ।”

“म कुनै व्यक्तिलाई इङ्गित गरेर भन्दिनँ, मेडिकल विश्वविद्यालय बन्न नदिन माफियाहरूले चलखेल गरिरहेका छन्, जसको सरकार छ उनकै सांसदले विश्वविद्यालय चाहिँदैन भन्दै सदनमा भाषण गरेको सुनेको छु,” सचिव भट्टले थप्नुभयो ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले प्रतिष्ठान, मेडिकल कलेज र विश्वविद्यालय उस्तै हो भन्नु लज्जा हो । यो कुराले कि उहाँलाई ज्ञान छैन कि बुझ पचाएको जस्तो गर्दै हुनुहुन्छ भन्ने कुरा स्पष्ट छ, नेता भट्टले भन्नुभयो । स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज र विश्वविद्यालय भनेर विभाजित हुनुभन्दा कुनै राजनीतिक दल नभनी एकताबद्ध भई विश्वविद्यालय बनाउन भूमिका खेल्नुपर्ने नेता भट्टको धारणा छ । विश्वविद्यालय बनाउने कुरा सरकारले बेवास्ता गरे सदनदेखि सडकसम्म आन्दोलन चर्काउन बाध्य हुन बताउनुभयो ।

गुरु शङ्कराचार्यले २०४४ सालमा मेडिकल कलेज सञ्चालन गर्नुपर्छ भनेर जग्गा खरिद गरेदेखि निरन्तर आफूले नजिक भएर काम गर्ने तथा अध्ययन गर्ने मौका पाएको उहाँले बताउनुभयो । २०६५ सालमा आफ्नै पहलमा मेडिकल कलेजबारे अध्ययन भएको, कार्यकारी निर्देशक नियुक्त गरी निर्माण कार्यअघि बढाउनेसम्मका काम भएको जानकारी पनि उहाँले दिनुयो ।

प्रधानमन्त्री प्रचण्डले जनयुद्धदेखि अहिलेसम्म सुदूरपश्चिमलाई क्षतिपूर्ति दिने घोषणा गर्दै आउनुभएको छ, सोही घोषणा अनुसार सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय पनि गर्नुभयो, अब यसको कार्यान्वयन गर्नुपर्छ, उहाँले भन्नुभयो ।

सचिव भट्टले प्रस्तावित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय भवनको स्थलगत निरीक्षणसमेत गर्नुभएको छ । सो अवसरमा एमालेका प्रदेश अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य दामोदर भण्डारी र सुदूरपश्चिम प्रदेश सभामा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललगायत सहभागी हुनुहुन्थ्यो । गोरखापत्र

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार