बैतडी कारागारमा क्षमता भन्दा तेब्बर कैदी हुँदा समस्या, आफ्नै आमाबुवाको किरिया गर्न पनि सकस

बैतडी । बैतडी जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । कूल २५ जनाको क्षमता रहेको कारागारमा हाल ७३ कैदीबन्दी छन् ।

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती थपिएको जेलर धारा भण्डारीले जानकारी दिएका छन् । ‘व्यवस्थापनमा चुनौती छ, ठाउँ अभावमा एउटै शैयामा तीन कैदीबन्दीसम्म सुत्ने गरेका छन्, । शय्यामाथि शय्या जोडेर बसेका छन्’, उनले भने, ‘कारागारभित्र ठाउँ नभएर टेन्ट लगाएर राखेका छौँ, पानी पर्दा समस्या हुने गरेको छ । तेब्बर कैदीबन्दी हुँदा सरुवा रोगको जोखिम पनि बढेको छ ।’

Dengue

एकातिर कोठा अभाव छ भने अर्कोतिर कैदीबन्दी बढ्दै जाँदा बसोबासको व्यवस्था मिलाउन गाह्रो भइरहेको छ । कैदीबन्दीलाई शौचालय प्रयोग, सरसफाइको लागि समेत समस्या हुने गरेको छ । दर्शकौं पुरानो जीर्ण कारागार भवन पुनः निर्माण नहुँदा यहाँ सुरक्षा चुनौती थपिएको छ । विसं २०४० मा निर्माण गरिएको कारागार भवन पुनःनिर्माण नहुँदा जीर्ण बनेको हो ।

कुनै कैदीबन्दीका आमाबुबा बितेर किरिया गर्नुपरे पनि छुट्टै व्यवस्थासमेत नभएको बताइएको छ । बिजुली र सिसिटिभी बेलाबेला बिग्रिरहने र त्यसको मर्मतका लागि बजेट नहुँदा समस्या हुने गरेको भण्डारीले बताएका छन् । अनुगमन तथा निरीक्षणका लागि सरोकारवाला निकाय आउने र हेरेर जाने भए पनि समस्या भने जस्ताको त्यस्तै रहेको छ । नयाँ भवन निर्माणका लागि कारागार व्यवस्थापन विभागलाई जानकारी गराए पनि कहिले बन्ने टुङ्गो छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार