डडेल्धुराका ४ पालिका पूर्ण खोप सुनिश्चितता घोषणा

डडेल्धुरा । डडेल्धुराका चार पालिका पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका, भागेश्वर गाउँपालिका, आलिताल गाउँपालिका र परशुराम नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको हो ।

गन्यापधुरा गाउँपालिकाबाट सुरुआत गरिएको घोषणा कार्यक्रम अहिलेसम्म चार वटा पालिकामा सम्पन्न भइसकेको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउदले जानकारी दिए । साउदका अनुसार गन्यापधुरा गाउँपालिकापछि भागेश्वर गाउँपालिका, आलिताल गाउँपालिका र परशुराम नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ ।

Dengue

अमरगढी नगरपालिका, अजयमेरु गाउँपालिका र नवदुर्गा गाउँपालिकामा घोषणा गर्न बाँकी रहेको साउदले बताए । उक्त पालिकामा पनि घोषणा गर्ने तयारी भइरहेको बताइएको छ । जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख तथा पूर्ण खोप जिल्ला समन्वय समितिका संयोजक गगनसिंह भण्डारीले अहिलेसम्म घोषणा गरिएका पालिकामा उत्कृष्ट काम भएको छ ।

पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप लगाएर पालिकाले प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुपर्दछ । सबै पालिका घोषणा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घाषणा गरिने छ । बालबालिकालाई प्रत्येक महिना नै १३ प्रकारका रोगविरुद्ध खोप लगाउने गरिन्छ । नियमित खोपबाट छुटेका बालबालिकालाई माघदेखि वैशाखसम्म खोज र खोप अभियान चलाउने गरिएको छ ।

छुटेका बालबालिकालाई अभियानले समेटेपछि पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्ने गरिएको हो । खोपका विभिन्न सूचाङ्क पार गरेका स्थानीय तह र खोप लगाउनबाट कोही पनि वञ्चित नरहेका पालिकालाई घोषणा गरिएका छन् । अब अन्य पालिकालाई पनि खोज र खोप लगाऊ भन्ने अभियानलाई तीव्र पारी जिल्ला नै पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला भनेर घोषणा गर्ने तयारीमा रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार