सुदूरपश्चिम प्रदेशसभा : प्रदेशको आर्थिक सर्वेक्षण प्रस्तुत

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रस्तुत गरे ।

प्रदेशसभामा पहिलोपटक प्रस्तुत गरिएको प्रदेश सरकारको आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिम प्रदेशको कुल ग्राहस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु तीन खर्ब ७६ अर्ब ३३ करोड ३० लाख रहने अनुमान छ ।

Dengue

यस्तै आव २०७९/८० मा प्रदेशको आर्थिक वृद्धिदर एक दशमलव ७८ प्रतिशत रहने अनुमान छ । गत आव २०७८/७९ मा यसको वृद्धिदर चार दशमलव ७८ प्रतिशत रहेको मन्त्री शाहीले सदनलाई जानकारी गराए । आव २०७८/८९ मा राष्ट्रिय कुल ग्राहस्थ्य उत्पादनमा प्रदेशको योगदान सात प्रतिशत रहने अनुमान छ ।

आव २०७९/८० मा प्रदेशको कृषि तथा गैरकृषि क्षेत्रको वृद्धिदर क्रमशः एक दशमलव ६७ प्रतिशत र दुई दशमलव १३ प्रतिशत हुने अनुमान छ । यस्तै प्राथमिक क्षेत्र र सेवा क्षेत्रको वृद्धिदर क्रमशः एक दशमलव ६६ प्रतिशत र तीन दशमलव २४ प्रतिशत धनात्मक तथा वित्तीय क्षेत्रको वृद्धिदर शून्य दशमलव ६४ प्रतिशत ऋणात्मक हुने अनुमान छ ।

आव २०७९/८० सुदूरपश्चिम प्रदेशको आय एक हजार ६३ अमेरिकी डलर रहने अनुमान छ । गत आवमा यस्तो आय एक हजार ६० अमेरिकी डलर रहेको आर्थिक मामिलामन्त्री शाहीले जानकारी गराए ।

गएको फागुनसम्म बझाङको सैपाल गाउँपालिकाबाहेक सुदूरपश्चिम प्रदेशका सबै ८७ पालिकामा जम्मा तीन सय ४३ विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा सञ्चालनमा आइसकेका छन् । यस्तै गत फागुनसम्म प्रदेशमा तीन सय ६५ सहकारी संस्था र तीन सय आठ बीमा कम्पनी पुगिसकेका छन् ।

बैठकमा यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहले प्रदेश लोकसेवा आयोग, महालेखा परीक्षक र महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रदेश सरकारले असार १ गते अपराह्न ४ बजेपछि बस्ने बैठकमा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्न लागेको छ । रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार