कैलालीबाट लागुऔषधसहित २ जना पक्राउ

कैलाली । कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले कैलालीको गोदावरी नगरपालिका २ बाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

Dengue

पक्राउ पर्नेमा गोदावरी नगरपालिका २ नमस्ते होटलको गल्लीस्थित पुनम सिजाली मगरको घरमा कोठा गरी बस्ने २० वर्षीय बिरेन्द्र वड र २४ वर्षीय बिनोद दियाल रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका वडको कोठाबाट लुकाईछिपाई राखेको अवस्थामा १९० मिलीग्राम र दियालको साथबाट ८५० मिलीग्राम खैरो हिरोइन जस्तो देखिने धुलो बरामद गरिएको छ ।

हाल पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार