रेशमलाल चौधरी र प्रधानमन्त्री बिच भेटवार्ता

धनगढीः नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड) लाई भेटेका छन्।

रेशम र उनकी श्रीमती तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्। सोमवार बिहान भएको भेटवार्तामा सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्तिको सहभागिता सरकार र समसायिक राजनीतिकलगायत विषयमा छलफल भएको बताइएको छ।

Dengue

रेशमले प्रचण्डसँग पूर्वसहमति अनुसार सुदूरपश्चिम सरकारमा दुईमन्त्री र एक राज्यमन्त्री दिन माग गरेका छन्। जवाफमा प्रधानमन्त्री प्रचण्डले भएको सहमतिअनुसार नै मन्त्रालय उपलब्ध गराउने प्रतिबद्धता जनाएका बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार