गोदावरी नगरपालिका विद्यालयमा ५ दिन विदा

धनगढी: कैलालीको गोदावरी नगरपालिका भित्रका विद्यालयमा ५ दिनका लागि विदा दिइएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै जेठ २९ गते देखि असार १ गते सम्मका लागि विदा दिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीद्धारा जारी विदा सम्बन्धि सूचनामा गर्मीयाम लागेसंगै तापक्रम अत्याधिक वृद्धि भइ विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना भएकाले बर्षे र हिउँदे विदाबाट मिलान हुने गरी विदा दिइएको उल्लेख छ ।

Dengue

सूचनामा दादुरा र रुवेला खोपका लागि निर्धारित कार्यक्रम भने यतावत रहने जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार