३८ ग्राम खैरो हिरोइनसहित कैलालीबाट एकजना पक्राउ

धनगढी । कैलालीमा लागु औषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन् । शनिबार जिल्लाको कैलारी गाउँपालिका ७ बसन्तास्थित रामपुरबाट खैरो हिरोइन सहित एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कैलालीको कैलारी गाउँपालिका ७ का ५४ वर्षीय सुकानु चौधरी रहेका छन् । उनलाई लागुऔषध ब्युरो नेपालगञ्ज र इकाला प्रहरी कार्यालय हसुलियाबाट प्रहरी नायब निरिक्षकको कमाण्डमा खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

Dengue

प्रहरीले चौधरीले चलाएको से ७ प २५०४ नम्बरको स्कुटिमा खातलासी गर्दा उनको साथबाट ३८ ग्राम ४८० मिलिग्राम लागुऔषध (खैरो हिरोईन) बरामद गरिएको प्रहरीले जनाएको छ । हाल पक्राउ परेका चौधरीलाई थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार