धनगढी: गर्मी बढेपछि धनगढी उप–महानगरपालिकाले ४ दिनका लागि बिदा दिने निर्णय गरेको छ ।
बढ्दो गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जानमा समस्या हुन थालेको र विभिन्न स्वास्थ्य समस्याहरु देखिन सक्ने सम्भावना भएपछि आईतबार २८ गते देखि ३१ गते सम्मका लागि हिउँदे वा बर्षे विदामा कटौती गर्ने गरि विद्यालय बन्द गरिएको उप–महानगरपालिकाले जनाएको छ ।
साथै दादुरा र रुबेला खोपमा प्रभाव नपर्ने गरी सम्पूर्ण विद्यालयहरुलाई ४ दिनका लागि अध्यापन कार्य बन्द गर्न उपमहानगरले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्