आहा ! भूस्वर्ग खप्तड…

भक्तराज जोशी

डोटी । नेपाल आफैमा सुन्दर देश हो । त्यसै पनि विश्वमा जलस्रोतको दोस्रो धनी राष्ट्रका रुपमा परिचित नेपालमा घुमफिरका लागि थुप्रै मनमोहक ठाउँहरु छन् । हेरेपछि हेरिरहूँ लाग्ने हिमश्रृङखला, एकपटक गएपछि पटक पटक जान मन लाग्ने तालतलैया, हिमाल, पहाड, तराईले छुट्याएको सुन्दर भौगोलिक बनावटले देशलाई विश्वसामु चिनाएको छ । अझ यहाँ रहेका विभिन्न प्रमुख धार्मिक तथा पर्यटकीय स्थलले देशको अस्तित्व र सौन्दर्यतालाई झनै बढावा दिएको छ ।

त्यस्तै देशका विभिन्न ठाउँमा रहेका मनोरम पर्यटकीय स्थलमध्येको एक हो खप्तड, जसलाई भूस्वर्ग खप्तडका रुपमा चिनिने गरिन्छ । सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा अवस्थित खप्तड डोटी र सुदूरपश्चिमको मात्र होइन देशकै प्रमुख पर्यटकीय स्थलका रुपमा स्थापित छ ।

Dengue

वर्षको ६ महिना हिउँ पर्ने खप्तड क्षेत्रलाई हिन्दुहरुको पवित्र तिर्थस्थलका रुपमा पनि लिइन्छ । बझाङ, बाजुरा, डोटी र अछाम गरी चार जिल्लाको भूभाग ओगटेर सन् १९८४ मा घोषणा गरिएको खप्तड राष्ट्रिय निकुञ्ज २२५ वर्गकिलोमिटरमा फैलिएको छ । खप्तडको आफ्नै गरिमा र आफ्नै विशेषता छ, जहाँ ठूलो संख्यामा वर्षेनी आन्तरिक तथा बाह्य पर्यटकहरु घुमफिरका लागि पुग्ने गर्दछन् ।

सुदूरपश्चिमको बझाङ, बाजुरा, डोटी र अछामको संगम स्थल हो डोटीको त्रिवेणी, जुन प्रसिद्ध त्रिवेणी धामका नामबाट पनि प्रसिद्ध छ । धार्मीक मान्यता अनुसार खप्तडमा कुनै बेला खप्तड बाबाले ५० वर्ष तपस्या गरेका थिए । खप्तडमा विशेष गरी खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खापरदह, शिवमन्दिर, सहस्रलिंग, गणेश मन्दिर, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरू प्रख्यात छन् । पुराणअनुसार महादेवले खप्तडको जडीबुटीको प्रयोग गरी बिरामी निको पार्ने गरेकाले उनलाई वैद्यनाथ भनिन्छ । खप्तड प्राकृतिक रुपमा जति सुन्दर र मनमोहक छ, त्यति नै धार्मिका मान्याताले पनि प्रख्यात छ ।

पर्यटकीय दृष्टीकोणले प्रसिद्ध खप्तडमा २२ पाटन छन् । थुम्कासहितका हरिया फाँट छन्, फाँटभरि थरीथरीका फूलहरू, ती माथि उडिरहेका रंगीबिरंगी पुतली, चारैतिर कलमी गरेझैं लाग्ने घना जंगल यहाँका सौन्दर्य हुन् । समुद्री सतहबाट २ हजार ७ सयदेखि ३ हजार २ सय २७ मिटरसम्मको उचाइमा २ सय २५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको खप्तड राष्ट्रिय निकुञ्ज विश्वमै अति दुर्लभ थलथले घाँसे मैदानयुक्त जमिन हो । यहाँ साना–ठूला गरी २४ भन्दा बढी पाटन (फाँट) छन् ।

खप्तड पुग्नका लागि सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीबाट बसको यात्रा गर्नुपर्छ । धनगढीदेखि डोटिको सिलगढीसम्म बसको यात्रापछि त्यहाँबाट भने पैदल यात्रा गर्नुपर्छ । त्यसैले पनि पछिल्लो समय खप्तड ट्रेकिङका सोखिनहरुका लागि उत्कृष्ट गन्तव्यका रुपमा स्थापित भएको छ ।

सुदूरपश्चिमको भूस्वर्ग भनेर चिनिने खप्तडमा अन्तरराष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ । खप्तडमा तीनदिने प्रथम खप्तड अन्तरराष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उक्त सम्मेलनको उद्घाटन गरेका छन्। प्रधानमन्त्री प्रचण्ड आजै हेलिकप्टरबाट खप्तड पुगेका थिए ।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशका विभिन्न झाँकी प्रदर्शन भइरहेका छन् । उक्त अवसरमा योग अभ्यास पनि हुनेछ। सम्मेलनपछि भारत लगायतका विदेशी मुलुकबाट पर्यटक आउने अपेक्षा गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार