सुदूरबासीद्धारा गेटामा विश्वविद्यालयको जनघोषणा

कैलाली । कैलालीको गेटामा सुदूरपश्चिमेली नागरिकले विश्वविद्यालयको जनघोषणा गरेका छन् । गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्नुपर्ने माग गर्दै आन्दोलित बनेका सुदूरपश्चिमेली नागरिकले बिहीबार गेटामा विश्वविद्यालयको जनघोषणा गरेका हुन् ।

बिहीबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म अत्तरिया बजार बन्द गराएका उनीहरुले बन्दको कार्यक्रमपछि बाजागाजासहित र्याली निकालेका थिए । अत्तरियाबाट सुरु भएको र्याली गेटा मेडिकल कलेज अघि पुगेर कोणसभामा परिणत भएको थियो । त्यसलगत्तै उनीहरुले गेटमा सहित दशरथचन्द राष्ट्रिय स्वास्थ्य विश्वविद्यालयको होडिङ बोर्ड लगाएर जनघोषणा गरेका हुन् ।

Dengue

बिहीबार बन्दकर्ताले ८ बजेपछि साँझ ६ बजेसम्म बजार बन्द गराएको र विश्वविद्यालयको होर्डिङ बोर्ड लगाएर सडकबाटै जनघोषणा कार्यक्रम गरिएको संघर्ष समितिका सचिव धर्मसिंह कुुँवरले बताएका छन् ।

सरकारले जेठ १५ गते संसदमा पेश गरेको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर १ सय शैय्याको अस्पतालमा मात्रै सीमित पारेपछि स्थानीयले संघर्षको कार्यक्रम घोषणा गदै आन्दोलित भएका हुन् । यसैबीच संघर्ष समितिको संयोजक लोकराज पाण्डेले राज्यले सुदूरपश्चिमलाई ठग्दै आएको बताए । कुनैपनि राष्ट्रिय गौरवको योजना यहाँ सञ्चालन हुन नसकेको बताउँदै उनले पछिल्लो समय विश्वविद्यालय बनाउने निर्णय गरेपनि प्रष्ठिान बनाउने भनेर हाल सुदूरपश्चिमवासीलाई गुमराहामा पारेको बताए । माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार