उखर्माउलो गर्मीमा विद्युत् प्राधिकरणको जात्रा, बत्तीको टुँगो नहुँदा मर्कामा धनगढीबासी

धनगढी । धनगढीमा अत्याधिक लोडसेडिङ हुँदा नागरिक मर्कामा परेका छन् । गर्मी बढेसँगै छिनछिनमै बत्ती आउने जाने गर्न थालेपछि धनगढीबासी समस्यामा परेका हुन् ।

यसै पनि धनगढीको गर्मी सहिनसक्नुको छ । अझ त्यसैमाथि पानी नपर्दा पछिल्लो केही दिनदेखि गर्मी झनै बढेको छ । तर यहीबेला अघोषित लोडसेडिङका कारणले धनगढीबासी वाक्क भइसकेका छन् ।

Dengue

तर छिनछिनमै हुने अघोषित लोडसेडिङका बारेमा विद्युत प्राधिकरण भने आफ्नो रेडिमेट जवाफमै अडिक छ । छिनछिनमै लोडसेडिङको बारेमा बुझ्दा नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका कर्मचारीले ओभरलोडका कारण बत्ती जाने समस्या देखिएको बताउँदै आएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार