भन्सार छलीको ‘हटस्पट’ बन्यो कैलाली, अवैध पैठारीका सामानसहित दुई महिला पक्राउ

धनगढी । धनगढीबाट भन्सार छलीका सामानसहित दुई महिला पक्राउ परेका छन् । मंगलबार प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १ चक्मेली बजार र वडा नम्बर २ त्रिनगरबाट भन्सार छलीका सामानसहित दुईजना महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ की ३० वर्षीय सारदा नेपाली र पार्वती राना रहेकी छिन् । उनीहरुको साथबाट ९८ हजार तीन सय ३० रुपैयाँ बराबरको मोबाइलका विभिन्न पार्टहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

Dengue

त्यस्तै, मंगलबार नै प्रहरीले धनगढी उपमहागरपालीका वडा नम्बर २ त्रिनगर स्थित भारतबाट भन्सार छली ल्याईएको सुर्ती,प्लाष्टिक झिल्ली,चिनी,मसला,सोडा,मिस्री,पास्ता लगायतका १९ हजार ५ सयका मालसामानहरु बेबारीसे अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार