राष्ट्रिय सभा बैठकको समय सारियो

काठमाडौं: राष्ट्रिय सभाको सोमबारका लागि बोलाइएको बैठक २ घण्टापछि बस्नेगरी सरेको छ ।

सोमबार दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक अपरान्ह ३ बजेर १ मिनेटमा बस्नेगरी सरेको राष्ट्रिय सभाका सचिव डा। सुरेन्द्र अर्यालले जानकारी दिए ।

Dengue

‘मिति २०८० साल जेठ २२ गते सोमबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल जेठ २२ गते सोमबार अपराह्न ३ः०१ बजे बस्ने गरी निर्धारण गरेको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सचिव अर्यालले जारी गरेको सूचनामा उल्लेख छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार