धनगढीः धनगढीमा खाल्डोमा च्यापिएर एक जनाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका मायाराम चौधीको घर नजिकै सेप्टी टंकिको खाल्डो खन्ने क्रममा बिष्णु चौधरीको मृत्यु भएको हो।
कैलारी गाउँपालिका–२ का २७ वर्षीय चौधरी माटोको ढिस्कोमा च्यापिएर घाईते भएका थिए। घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतवार मृत्य भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्