गेटामा मेडिकल विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा धर्ना

धनगढी। गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा धर्ना दिइएको छ ।

सरकारले गेटामा विश्वविद्यालय बनाउने निर्णय गरेको भएपनि अगामी आर्थिक वर्षको बजेटमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना गर्ने उल्लेख गरेपछि आन्दोलित भएको संघर्ष समितिले धर्ना दिएको हो। संघर्ष समितिले बिहान १० बजेर ४० मिनेटदेखि आधा घण्टा प्रशासनको मूल गेट अगाडि धर्ना दिएको हो।

SHIKHAR COOL TECH

संघर्ष समितिले सरकारले २९ माघमा मन्त्रिपरिषद् बैठकबाट गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनी गरिएको निर्णय कार्यान्वयन गर्न माग गरेको छ। सरकारले गरेको उक्त निर्णय कार्यान्वयन नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने संघर्ष समितिका संयोजक लोकराज पाण्डेले बताए।

संघर्ष समितिले यसअघि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाइसकेको छ भने अत्तरियामा सडक बहस लगायतका दबाबमुलक कार्यक्रम गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार