प्रतिनिधि सभा बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आइतबार (आज) बिहान बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सरकारले अगाामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि छलफल सुरू गर्ने कार्यसूची रहेको छ।

बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट०माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

Dengue

यता प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज संसदमा प्रधानमन्त्रीको जवाफ माग्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा बंगलादेशको बन्दरगाहसम्म पुग्ने बाटो प्रयोग गर्न दिने शर्तमा नेपाली भूभाग लिपुलेक–लिम्पियाधुरा र कालपानीसहितको भूभाग दिन सकिने भनेर दिएको अभिव्यक्तिको जवाफ माग्ने भएको हो।

‘हामीले संसदीय दलको बैठक बसेर तीनवटा कुरा महत्त्वकासाथ उठाउने निर्णय गरेका छौं,’ नेकपा ९एमाले० संसदीय दलका उपनेता सुवास नेम्वाङले सेतोपाटीसँग भने, ‘पहिलो सार्वभौम संसद्को अधिकार खोसेर मात्र होइन, संविधान नै संशोधन गर्ने गरेर नागरिकता विधेयक प्रमाणीकरण भएको छ, यसबारे कुरा उठाउँछौं।’

त्यस्तै एमालेले टीकापुर घटनामा दोषी ठहर भई तीनै तहका अदालतबाट जन्मकैदको फैसला सुनाएका रेशम चौधरीको अन्तिम अदालतबाट आएको फैसलाको पूर्णपाठ नै नआउँदै दिएको आममाफीबारे पनि जवाफ माग्ने भएको छ।

‘यो अत्यन्तै स्वेच्छाचारी काम भयो। सरकारले विधि–कानुनको पालना गरेन, आफ्नो सत्तास्वार्थमात्र हेर्‍यो। सर्वोच्च अदालतको फैसलाका पूर्णपाठ नै नआउँदै जुन ढंगबाट आममाफी दिइएको छ, यो गम्भीर कुरा छ, यसबारे आवाज उठ्छ,’ नेम्वाङले भने।

त्यस्तै उनले लिपुलेक, कालापानीसहितको भूभाग फिर्ता ल्याउनुको सट्टा साटफेर गर्न सकिने भनेर दिएको अभिव्यक्तिको पनि जवाफ माग्ने बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार