सुदूरपश्चिममा पनि गाडी भाडा घट्यो, यस्तो छ नयाँ दर…

धनगढी । सुदूरपश्चिम प्रदेशमा गाडी भाडाको नयाँ दर कायम गरिएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्य प्रदेशहरुले गाडी भाडा घटाउन थालेसँगै सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक यातायातको नयाँ भाडा दर कायम गरेको हो ।

प्रदेश सरकारले कायम गरेको नयाँ गाडी भाडादर अनुसार टीकापुर–बैतडीको भाडा १०११, टीकापुर–साँफेबगरको भाडा १२३६, चुनेपानी–डडेल्धुराको भाडा ४२३, टीकापुर–सिलगढीको भाडा ९४२ कामय गरिएको छ । त्यस्तै, डडेल्धुरा–बैतडीको भाडा २५९ रुपैयाँ, डडेल्धुरा–खोड्पेको भाडा १३२, धनगढी–चिसापानीको भाडा २८१, धनगढी–चुनेपानीको भाडा ५७, धनगढी–चैनपुरको भाडा १०४१ रुपैया कायम गरिएको छ ।

Dengue

यता धनगढी–डडेल्धुराको भाडा ४८०, धनगढी–टीकापुरको भाडा २९४, धनगढी–डडेल्धुरा–साँफेबगरको भाडा ९५७, धनगढी–महेन्द्रनगरको १५९ रुपैयाँ भाडा दर कमय गरिएको छ । धनगढी–साँफेबगरको ९३९, धनगढी–सिलगढीको भाडा ६९७, धनगढी–सुखड–भजनीको भाडा २४२, महेन्द्रनगर–अत्तरिया–साँफेबगरको भाडा १०२३ कामय गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश राजपत्रमा प्रकाशित गरेको भाडादर बिहीबारदेखि नै कार्यान्वयनमा आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार