कञ्चनपुरमा डेरामा बस्नेले घरबेटीलाई बेहोस पार्ने जुस खुवाए, बेहोस भएपछी सर्वस्व लुटे !

कञ्चनपुरः कञ्चनपुरमा दुई जना भारतीय चोरी गरेर फरार भएका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका-४, गोबरीयाकी खगेश्वरी प्वालीको घरमा भाडामा बस्न आएका भारतीयले चोरी गरेका हुन् । उनीहरु दुई दिन अगाडि मात्रै प्वालीको घरमा कोठा भाडामा लिएर बसेका थिए । बुधवार राति उनीहरुले आफ्नो घरमा छोरा भएको भन्दै सबैलाई जुस खुवाएको र जुस खाएर सबैजना बेहोस भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Dengue

हिजो राति बेहोस भएका उक्त परिवारका सातै जनालाई महेन्द्रनगरस्थित महाकाली अस्पताल लगिएको र अहिले सबैजनालाई होस आइसकेको छ । घरबाट ४ हजार नगदसहित १० आनाको सुनको तिलहरी चोरी भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

कञ्चनपुर प्रहरीले अहिले उनीहरुको खोजी गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार