बझाङमा छोराको बन्चरो प्रहारबाट बुवा घाइते

बझाङ। बझाङमा छोराले बन्चरो प्रहार गर्दा बुवालाई गम्भिर घाइते बनाएका छन् ।

बझाङको जयपृथ्वी नगरपालिका वडा नं ११ मयाना घर भएका १६ वर्षिय अमृत रोकायाले आफ्नै ३२ वर्षिय बुबा विक्रम रोकायालाई बन्चरो प्रहार गरेर गम्भिर घाइते बनाएका हुन् । रोकायाले सोमबार राती घरमै सुतिरहेको अवस्थामा बुवालाई एक्कासि बञ्चरो प्रहार गरेका थिए । छोराले श्रिमान माथि बन्चरो प्रहार गरेको देखेर छोप्न खोज्दा आमा समेत घाइते भएकि छिन् । बन्चरो प्रहारबाट अनुहारमा गम्भीर चोट लागेका विक्रम रोकायाको जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि मंगलबार बिहान धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी एवं प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । के कति कारणले घटना भएको हो भन्ने खुल्न सकेको छैन् ।

अहिले बन्चरो प्रहार गर्ने अमृत रोकाया फरार रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार