आज निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ ।

भगवान विष्णुलाई समर्पित निर्जला एकादशी व्रत प्रत्येक महिनाको एकादशी तिथिमा मनाइन्छ । धार्मिक मान्यता अनुसार यस विशेष दिनमा भगवान विष्णुको पूजा–आराधना गर्नाले सुख–समृद्धि प्राप्त हुन्छ । यसका साथै जीवनमा आउने धेरै प्रकारका समस्याहरू पनि हट्छन् । जेष्ठ शुक्ल पक्षको एकादशी तिथिमा निर्जला एकादशी व्रत बस्ने गरिन्छ । यस विशेष दिनमा भक्तजनहरूले भोजन वा पानी नखाई व्रत बस्छन् ।

Dengue

निर्जला एकादशी व्रतलाई हिन्दू धर्ममा अत्यन्त कठोर मानिन्छ । निर्जला एकादशीको व्रत सफलतापूर्वक सम्पन्न गर्ने व्यक्तिलाई सबै २४ एकादशी व्रतको फल प्राप्त हुने जनविश्वास छ । यस विशेष दिनमा पूजा, स्नान र दानका साथसाथै केही विशेष नियमको पनि ख्याल गर्नुपर्छ ।

निर्जला एकादशीको दिन भात सेवन नगर्ने शास्त्रमा भनिएको छ । एकादशीको दिन भात सेवन गर्ने व्यक्तिको अर्को जन्ममा कीरा बनेर जन्मिने जनविश्वास रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार