सन्दीपको मुद्दा मंगलबार पनि भएन फैसला

काठमाडौं: नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दामा मंगलबार पनि अन्तिम सुनुवाइ भएन।

जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दा न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी परेको थियो। ६ नम्बरमा पेसी रहेको मुद्दा फैसलाको बहसका लागि बहस गर्न पक्ष र विपक्षका कानुन व्यवसायीहरु अदालत पुगेका थिए।

Dengue

तर, न्यायाधीश राईले पीडितका तर्फबाट अन्तरिम राहतका लागि क्षतिपूर्ति माग गर्दै निवेदन दिएकाले उक्त निवेदन पनि साथै राखेर सुनुवाइ गर्नुपर्ने तर्क गरेपछि बहस नभएको हो।

नाबालिगमाथिको जबरजस्तीकरणी मुद्दामा केही समयदेखि पेसी चढ्ने अनि सर्ने हुँदै आएको छ। मंगलबार पनि लामिछानेको मुद्दा फैसलाका लागि अन्तिम बहस नभएको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार