धनगढीमा मन्जुश्री फाइनान्सद्धारा रक्तदान कार्यक्रम सम्पन्न

भक्तराज जोशी

धनगढी । गणतन्त्र दिवसको अवसरमा मन्जुश्री फाइनान्स कम्पनीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । १६औँ गणतन्त्र दिवसको अवसर पारी फाइनान्सको धनगढी शाखाले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

फाइनान्सद्धारा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रगत दान गरेको फाइनान्सका धनगढी शाखा प्रमुख हेमराज बिनाडीले जानकारी दिएका छन् । ‘सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा हामीले विभिन्न कार्यक्रम गर्दै आएका छौँ । यसपाली रक्तदान कार्यक्रम आयोजना गरिएको हो’, बिनाडीले भने, ‘कार्यक्रममा कुल ३२ जनाले रक्तदान गर्नुभएको छ । रगत दान गर्दै एकआपसमा गणतन्त्र दिवसको शुभकामना पनि आदानप्रदान गरियो ।’

Dengue

फाइनान्सले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक एवम् भौतिक सहयोग रहेको थियो । कार्यक्रममा कम्पनीका कर्मचारी, ग्राहक एवम् अन्य स्थानीयहरुले रगत दान गरेका थिए ।

रक्तदान कार्यक्रम सम्पन्न भएसँगै फाइनान्सका धनगढी शाखा प्रमुख हेमराज बिनाडीले सबैमा गणतन्त्र दिवसको शुभकामनाका साथै धन्यवाद समेत ज्ञापन गरेका छन् ।

कुल चुक्ता पूँजी १ अर्ब ३५ करोड रहेको मन्जुश्री फाइनान्स लिमिटेड कम्पनीको देशभर २७ वटा शाखा रहेका छन् । हाल उक्त फाइनान्सले मुद्धती निक्षेपमा १२.२५ प्रतिशत र बचत खातामा ९.७५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार