भारत भ्रमणका क्रममा हुने सम्झौतामा राष्ट्रिय सहमति हुन्छः प्रधानमन्त्री प्रचण्ड

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र परराष्ट्र मामिलाका जानकारहरुसँग सुझाव लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार आयोजित कार्यक्रममा उनले आफ्नो आसन्न भारत भ्रमणलाई फलदायी बनाउने सन्दर्भमा सुझाव लिएका हुन् ।

पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र यस क्षेत्रका विज्ञहरुसँग सुझाव लिने क्रम निरन्तर रहेको जनाउँदै प्रधानमन्त्री दाहालले अहिलेसम्म सबैको सुझाव सकारात्मक रहेको बताएका छन् । ‘आसन्न भारत भ्रमण बारेमा सबैले राष्ट्रको हितमा के गर्नुपर्छ भन्ने सकारात्मक सुझाव दिनुभएको छ’, उनले भने, ‘राष्ट्रिय सहमति हुन्छ ।’

Dengue

त्यस्तै, प्रधानमन्त्री दाहालले यही जेठ १७ देखि २० गतेसम्म (मे ३१ देखि जुन ३ तारिख) छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा सो भ्रमणमा जान लागेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार