लोकतन्त्रमा आलोचनालाई सहन सक्ने क्षमता राख्नुपर्छ: देउवा

नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले लोकतन्त्रलाई बलियो बनाउन पनि स्वस्थ आलोचना आवश्यक रहेको बताएका हुन्। “आलोचना गर्नुहोस्। आलोचना चाहिन्छ, तर स्वस्थ आलोचना गर्नुस्,” देउवाले भने, “लोकतन्त्रमा प्रेसले गर्ने आलोचनालाई सहन सक्ने क्षमता राख्नुपर्छ।”

लोकतन्त्रको विकल्प नभएकाले पनि कमिकमजोरी सुधार गर्दै लग्नुपर्ने बताए। देउवाले भने, “डेमोक्रेसीको विकल्प भनेकै डेमोक्रेसी हो, डेमोक्रेसीको खिलापमा केही शक्ति लागेका छन्, यसप्रति सबै सजग हुनुपर्छ।”

khadya

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायतका नेता पक्राउ परेका छन्। उनलाई पार्टीबाट निष्काष गर्नुपर्ने माग उठेको छ। तर, यस प्रकरणमा देउवाले औपचारिक रुपमा आफ्नो धारणा सार्वजनिक नगरेपछि कांग्रेसभित्रै पनि आलोचना भइरहेको छ।

त्यस्तै, पार्टी विभाग गठनमा ढिलाइ गरेको भनेर पनि कांग्रेस नेताहरूले देउवाको आलोचना गर्दै आएका छन्। पार्टी भित्र र बाहिर भइरहेको आलोचनातर्फ इङ्गित गर्दै सभापति देउवाले लोकतन्त्रमा स्वस्थ आलोचना आवश्यक भएको जिकिर गरेका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार