बैतडीका ४५ वडा सचिव विहिन 

बैतडी: बैतडीका ८४ ओटा वडा मध्ये ४५ वडा सचिव विहिन रहेका छन् । वडाहरुमा सचिव नहुँदा वडा कार्यालयहरुले सम्पादनमा समस्या आइरहेको छ । वडा सचिवको अभावमा वडा कार्यालयबाट आधारभूत सेवा पाउन समेत नागरिकहरुलाई मुस्किल देखिएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका ११ ओटा वडामध्ये ४ ओटामा सचिव छैनन् । सचिव नभएका वडामा प्राविधिक सहायकहरुले काम चलाउँदै आएका छन् । यस्तै डिलाशैनी गाउँपालिका ७ वडा मध्ये ४ वडा सचिव विहिन रहेका छन् ।

Dengue

यसैगरी जिल्लाको दोगडाकेदार गाउँपालिका ८ ओटा वडा मध्ये ४ वडा सचिव विहिन रहेका छन् । यस्तै मेलौली नगरपालिकाका ९ ओटा वडा मध्ये ७ ओटामा सचिव नरहेका महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै पञ्चेश्वर गाउँपालिका ६ मध्ये ५ वडामा सचिव छैनन् भने पाटन नगरपालिकाका १० ओटा वडा मध्ये ६ ओटा वडा सचिव विहिन रहेका छन् । यस्तै शिवनाथ गाउँपालिकाका ६ ओटा वडा मध्ये एक वडा सचिव विहिन छ भने सिगास गाउँपालिकाका ९ ओटा वडा मध्ये ४ वडा सचिव विहिन रहेका छन् ।

यस्तै सुर्नया गाृउँपालिकाका ८ ओटा वडा मध्ये ६ वडा सचिव विहिन रहेका महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । यस्तै पुर्चौंडी नगरपालिकाका १० ओटा वडा मध्ये ९ ओटा वडा सचिव विहिन रहेका नगरपालिकाका सूचना अधिकारी प्रवीन धानुकले बताए । वडा सचिव नभएका ठाउँमा प्राविधिक सहायकहरुले काम गर्दै आएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार