बाजुराका विद्यार्थीलाई हावाहुरीको पीर, विद्यालयकै छाना उडेपछि पठनपाठन रोकियो !

भक्तराज जोशी

बाजुरा । हावाहुरीले विद्यालयको छाना उडाएपछि जनज्योती आधारभूत विद्यालयको पठनपाठनमा समस्या भएको छ । गत जेठ ९ गतेको हावाहुरीले विद्यालयको छाना उडाएपछि बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ५ स्थित जनज्योती आधारभूत विद्यालयको पठपाठनमा समस्या भएको हो ।

हावाहुरीले विद्यालयको छाना उडाएपछी हाल विद्यार्थीहरु खुला आकाशमुनी बस्न बाध्य छन् । घाम लागेका बेला खुला आकाशमुनी कक्षा सञ्चालन हुने गरेको भए पनि पानी पर्दा भने पढाई पूर्ण रुपमा अवरुद्ध हुने विद्यालयका प्रध्यानाध्यापक मोहनराज न्यौपानेले बताएका छन् ।

Dengue

‘हावाहुरीले ९ गते राती नै विद्यालयको छाना उडायो, त्यसै त जिर्ण भवन त्यसमाथि हावाहुरीले छाना उडाएपछि पठनपाठन प्रभावित बनेको छ’, न्यौपानले भने, ‘घाम लाग्दा छाना नभएको कोठामै बसाएर पढाउछौँ तर पानी पर्यो भने विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ ।’

विद्यालयका प्रध्यानाध्यापक न्यौपानेका अनुसार हावाहुरीले विद्यालयको छाना उडाएको विषय जानकारी भए पनि स्थानीय तहले भने खासै चासो देखाएको छैनन् । ‘छाना उडेको विषय लिएर पालिका र वडामा पनि पुगेको हुँ तर स्थानीय तहबाट खासै चासो दिइएन’, उनले भने, ‘पालिकामा गयो वडामा खबर गर्नुस् भन्नुहुन्छ, वडामा गयो बजेट अभाव छ भनेर टार्नुहुन्छ । यसरी त कक्षा सञ्चालन गर्नै मुस्किल भएको छ ।’

त्यस्तै, न्यौपानेले भर्खरै बर्खायाम सुरु भएको र अहिले नै विद्यालयको अवस्था यस्तो भएकोले भावि दिनमा झनै मुस्किल हुने बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार