जेठ १७ गते भारत भ्रमणमा जाने प्रधानमन्त्रीको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् ।

दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको स्रोतले बतायो । तर भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक भने भइसकेको छैन । ‘भारत जाने जेठ १७ गते फिक्स्ड भयो । अब शुक्रबार वा शनिबार प्रेस रिलिज सार्वजनिक हुन्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे जानकारी दिन प्रेस रिलिज सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

Dengue

परराष्ट्र मन्त्रालयका एक अधिकारीले पनि प्रधानमन्त्री प्रचण्ड जेठ १७ गतेदेखि भारत भ्रमणमा जाने लगभग निश्चित भएको बताए । ‘कुनै भवितव्य नपरे जेठ १७ गते नै भारत भ्रमणमा जाने हुन्छ,’ स्रोतले भन्यो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार