बैतडी । बैतडीमा चट्याङ लागेर तीन बाख्रा मरेका छन् ।
जिल्लाको मेलौली नगरपालिका ७ का शंकरदत्त भट्ट र जयदेव भट्टको घरमा हिजो राति परेको चट्याङबाट ३ बाख्रा मरेका इलाका प्रहरी कार्यालय तस्वदेहीले जनाएको छ ।
दुवै जनाको घरमा मंगलबार राति डेढ बजेको समयमा चट्याङ परेको र सो चट्याङ लागेर गोठमा बाँधेका बाख्रा मरेका बताइएको छ ।


 
                     
			
 
					 
					 
					 
					 
					

 
                     
                     
                     
                     
                     
                    
प्रतिक्रिया दिनुहोस्