दार्चुलामा सुत्केरीको हेलिकप्टरद्धारा उद्धार

धनगढी । दार्चुलामा एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्याइएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–६ उकुकी २७ वर्षीया पुष्पा महरालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् ।

आइतबार गाउँकै स्वाथ्यचौकीमा महराले बच्चा जन्माएकी थिइन् । सात महिनामै जन्मेको बच्चाको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार आमा र बच्चालाई जिल्ला अस्पतालमा ल्याइएको थियो ।

Galaxy

यहाँ पनि उपचार सम्भव नभएकाले अन्यत्र पठाउनु परेको उक्त अस्पतालले जनाएको छ । बच्चाको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार