काठमाडौं । जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा मुसा भेटिएको छ। विमानमा चढेका यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको छ।
जनकपुरबाट काठमाडौं जान लागेका ४९ जना यात्रुको बोर्डिङ भइसकेपछि विमानमा मुसा भेटिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले विमानमा मुसा देखिएपछि प्राविधिक परीक्षणको काम भइरहेको जानकारी दिए।


 
                     
			
 
					 
					 
					 
					 
					

 
                     
                     
                     
                     
                     
                    
प्रतिक्रिया दिनुहोस्