नागरिक उन्मुक्ति पार्टीद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले भोलि जेठ ६ गतेदेखि १० गतेसम्म गर्ने भनेको नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ ।

सो पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले आज एक विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी विधेयक संसद्मा टेबल भइसकेको जानकारी दिएको भन्‍दै पार्टीले जेठ ६ गतेदेखि गर्न लागेको सबै बन्दका कार्यक्रम फिर्ता लिएको जनाइएको छ ।

Galaxy

‘सरकार पक्षबाट सम्माननीय प्रधानमन्त्रीज्‍यूले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसद्मा टेबुल भइसकेकोलगायत अन्य राजबन्दीको रिहाइ कानून संशोधन गरेर भए पनि निकाल्‍ने प्रतिबद्धता संसद्मै जाहेर गर्नुभएको हुँदा सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले प्रेस विज्ञप्तिमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ ।’,विज्ञप्तिमा भनिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार