कैलालीको जानकी गाउँपालिकामा विपदबाट जोगिन स्थानीयवासीले बनाए राहत कोष

कैलाली । कैलालीको जानकी गाउँपालिका हरेक वर्ष बाढीको जोखिममा पर्दछ । बाढीको जोखिमबाट जोगिन जानकी–४ गिधरपुरका स्थानीयवासीले आपत्कालीन राहत कोष स्थापना गरेका छन् । गिधरपुरका स्थानीयवासीले समूह बनाएर स्वस्फुर्तरुपमा कोष स्थापना गरेका हुन् ।

गिरधरपुर गाउँ हरेक वर्ष पथरैया नदीमा पानीको बहाव बढी हुँदा डुबानको चपेटामा पर्ने गर्दछ । त्यहाँ बर्खा सिजनमा धेरै पटक गाउँसम्म पथरैया नदीले डुबान गर्दछ । बस्ती डुबान हँदा धेरैको घरमा रहेका अन्नपातलगायत बालीनालीमा आंशिकदेखि पूर्णरुपमा क्षति पुग्ने गरेकाले कोष आवश्यक रहेको उनीहरु बताउँछन् । यस्तो विपत् आइलाग्दा स्थानीयवासीलाई जीविका सञ्चालनमा समस्यासँगै चुनौती हुने भएकाले राहत कोष स्थापना गरिएको स्थानीय करुणा चौधरीले बताए ।

Dengue

‘बाढीलगायत अन्य विपत्का बेला सहजरुपमा समस्यामा परेकालाई केही राहत दिन सहज हुनेछ’, उनले भने, ‘त्यसैले गाउँमै आपत्कालीन कोष बनाएका हौँ । केही रकम जम्मा गरेका छौँ, त्यसमा नियमित रकम जम्मा गर्छौं । करिब रु एक लाख कोषमा जम्मा भएको छ ।’

गिरधरपुर गाउँमा करिब ३३ परिवार बस्छन् । सबै परिवारको सहभागिता हुने गरी आपत्कालीन कोष बनाइएको हो । मासिकरुपमा आफूसँग भएको केही रकम जम्मा गर्ने गरी स्थानीयवासीले प्रतिसदस्य मासिक रु २० का दरले कोषमा जम्मा गर्न थालेका छन् । कोषमा केही स्थानीयवासीको केही सहयोगी निकायको रकम राखिएको छ । स्थानीयवासीले यसरी कोषमा रकम जम्मा गर्न थालेको एक वर्ष पुग्दैछ ।

रु २० सङ्कलन थालेका स्थानीयवासीले विपत्मा परेको परिवारलाई ऋण सापटी दिनेछन् । यो कोष विपत्लाई दृष्टिगत गर्दै परिचालन गरिने बताइएको छ । ‘विपत्को बेला स्थानीय तहदेखि अन्य निकाय र सरोकारवालाको सहयोग पनि पाइन्छ’, स्थानीय कविता डगौराले भनिन्, ‘आफ्नै कोष भएमा तुरुन्त सहयोग मिल्छ र पीडितलाई राहत हुन्छ ।’

स्थानीय कोष भएमा तत्काल आवश्यक सामान व्यवस्थापनमा सहज हुने उनीहरु बताउँछन् । ‘हामीले कोषलाई पारदर्शी बनाउन बैंकिङ कारोबार गर्ने सोचेका थियौँ, तर विपद् रातदिन जुनसुकै समयमा पर्नसक्छ भनी हामी नगद सहायता गर्छौं’, उनले भने, ‘विपदमा परेका परिवारलाई हातैमा नगद दिन्छौँ ।’

विपदको बेला राहतका लागि जानकी गाउँपालिकाले आपत्कालीन व्यवस्थापन कोषमार्फत राहत सहयोग गर्ने गरेको छ । गाउँपालिकामा विपत् तथा प्रकोपका बेला तत्काल उद्धार राहत तथा व्यवस्थापनका लागि भनेर गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ३९ लाख आपत्कालीन व्यवस्थापन कोषमा जम्मा गरेको विपत् फोकल पर्सन नेत्रप्रसाद जैसीले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार