सिंहदरबारमा सत्तारूढ १० दलको बैठक जारी

काठमाडौं: सत्तारूढ १० दलको बैठक सिंहदरबारमा सुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सत्तापक्षका १० दलको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी छ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लगायत नेता सहभागी छन्।

Dengue

बैठकमा आगामी आर्थिक वर्ष ०८०/०८१ सालको नीति तथा कार्यक्रमबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते नीति तथा कार्यक्रम संसदसमक्ष पेस गर्दैछन्।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनमा रहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार